सेयरबजार राताम्य भएको छ।
मंगलबार भएको कारोबारमा १३ मध्ये सामूहिक लगानी कोष र निर्जीवन बीमा ०.२५ र ०.३५ प्रतिशतले बढे पनि बाँकी समूहहरु राताम्य बनेका हुन्।
यस दिन परिसूचक नेप्से ९.२४ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सूचक घटेर २७७७.१० विन्दुमा झरेको दिन ४ अर्ब ८५ करोडको सेयर किनबेच भएको छ।
कुल १ करोड १८ लाख बढी कित्ता सेयर मंगलबार खरिदबिक्री भए। जसमा ६९ वटाको मूल्य बढे पनि १९० वटाको घटेको र ११ वटाको स्थिर छ।
मूल्य बढावट दर अधिकतम ९.२३ प्रतिशतसम्म र गिरावट दर अधिकतम ३.६० प्रतिशतसम्म छ। कारोबारमा भने यस दिन आँखु खोला जलविद्युत् कम्पनी अगाडि छ। कम्पनीको ४६ करोड ७२ लाखको किनबेच भएको छ।
बाँकी कम्पनीको अधिकतम १६ करोड ५९ लाखसम्म मात्र कारोबार भएको छ।
9
Shares

प्रतिक्रिया