राजनीति


पत्रकार किशोर श्रेष्ठलाई राज्यशक्ति दुरुपयोग गरी आतंकित पार्ने काम रोकियोस् : युवराज दुलाल

पत्रकार किशोर श्रेष्ठलाई राज्यशक्ति दुरुपयोग गरी आतंकित पार्ने काम रोकियोस् : युवराज दुलाल

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १३:५६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठमाथि समाचार लेखेकै आधारमा राज्य शक्तिको दुरुपयोग गरी आतंकित पार्ने काम भइरहेको भन्दै सरकारलाई त्यसो नगर्न चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपाका प्रमुख सचेतकसमेत रहेका दुलालले समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित पार्ने काम रोक्न माग गरे। 

सरकारका राम्रा कामको बखान गर्ने र नागरिकमा पुर्‍याउने आमसञ्चार माध्यमले लोकतन्त्रमा सरकारका कमीकमजोरीमा पनि समाचार लेख्न र खबरदारी गर्न पाउनुपर्ने उनको भनाइ थियो। 

प्रकाशित समाचार गलत भए नियमन गर्ने काम प्रेस काउन्सिलको क्षेत्राधिकारमा पर्ने स्मरण गराउँदै दुलालले राज्य शक्तिको दुरुपयोग नगर्न माग गरे।

‘गएको २४ घण्टा देशका एक जना स्थापित पत्रकारलाई सरकारले गिरफ्तार गर्दैछ रे भन्ने समाचारले बजार लियो। समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित गर्ने प्रवृत्ति अहिले देखिएको छ। यसले आमसञ्चार माध्यममार्फत एउटा संशय पैदा भएको छ’, दुलालले भने, ‘सरकारका राम्रा कामको बखान गर्ने र नागरिकमा पुर्‍याउने आमसञर माध्यमले सरकारलाई खबरदारी गर्न लोकतन्त्रमा सरकारका कमीकमजोरीका पनि समाचारहरु लेख्न सक्छन् । त्यस कारणले पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा जुन स्तरको आतंक सृजना गरिएको छ। यसले आमसञ्चार माध्यममा नकारात्मक सन्देश गएको छ। पत्रकारले लेखेका समचारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपालमार्फत काम गर्नुपर्नेमा राज्यको शक्तिको दुरुपयोग नहोस् भन्ने हाम्रो दल माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad