राजनीति


बाजुरा र हुम्लाका स्थानीयवासीबीच सीमा विवाद भएपछि सरकारले बनायो समिति

बाजुरा र हुम्लाका स्थानीयवासीबीच सीमा विवाद भएपछि सरकारले बनायो समिति

नापी विभागका उपमहानिर्देशक सुशील डंगोल


नेपालखबर
जेठ १०, २०८३ आइतबार १६:४, काठमाडौँ

बाजुरा र हुम्लाका स्थानीयवासीबीच सीमा विवाद भएपछि सरकारले एक समिति गठन गरेको छ। 

सरकारले बाजुरा र हुम्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको हो।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा २०८३ जेठ १० गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक-एक जना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य-सचिवको जिम्मेवारी दिइएको छ।

यो पनि
हुम्ला-बाजुरा सीमा विवाद : कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द
हुम्ला र बाजुराको सीमा विवादले तीन दिनदेखि रानीसैनमा तनाव, राज्यको बेवास्ता
हुम्ला र बाजुराका स्थानीयवासीबिचको सीमा विवादले रोकियो प्रहरी चौकी निर्माण

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad