राजनीति


संविधान संशोधन : यसरी राख्नुस् तपाईंको सुझाव

संविधान संशोधन : यसरी राख्नुस् तपाईंको सुझाव

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १५:९, काठमाडौँ

संविधान संशोधनको बहसपत्र तयार गर्न बनेको कार्यदलले राय सुझाव माग गरेको छ। कार्यदलले आज (शुक्रबार) एक सार्वजनिक सूचना जारी गर्दै  ७ दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो।

कार्यदलको गत वैशाख १० गतेको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न सुझाव संकलनको निर्णय गरेको थियो। सोही निर्णयबमोजिम संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनको बारेमा सात दिनभित्र सुझाव उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको कार्यदलले जनाएको छ।

सुझाव कार्यदल सचिवालयको इमेल [email protected] वा [email protected] मा पठाउन सूचनामा भनिएको छ। साथै ह्वाट्सएप नम्बर ९८५६०२९९४७ मा पनि पठाउन सकिने कार्यदलले जनाएको छ।

मन्त्रिपरिषद्को २०८२ चैत १६ गते प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूका एक–एक जना प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad