राजनीति


गाँजा र घरेलु मदिरालाई कानुन बनाएर वैध गर्नुपर्छ : भीमकुमारी बुढा

गाँजा र घरेलु मदिरालाई कानुन बनाएर वैध गर्नुपर्छ : भीमकुमारी बुढा

नेपालखबर
जेठ ६, २०८३ बुधबार १२:४५, काठमाडौँ

नेकपाकी सांसद भीमकुमारी बुढा मगरले गाँजा र घरेलु मदिरालाई कानुन बनाएर वैध गर्नुपर्ने बताएकी छन्। 

बुधबार संसद् बैठकमा आफ्ना धारणा राख्दै उनले घरेलु मदिरा, गाँजालाई बैध गर्न सकिए गरिबी निवारणमा पनि सहयोग पुग्ने बताइन्। 

‘गरिबी निवारण गर्ने हो भने परम्परागत सिपबाट बनाइने घरेलु मदिरालाई अपराधिकरण होइन, त्यसलाई व्यावसायीकरण र ब्रान्डिङ गरिनुपर्छ,’ उनले भनिन्, ‘घरेलु मदिरालाई गुणस्तरीय मापदण्ड तोकेर कानुनी दायरामा ल्याइनु पर्छ।’

उनले यसबाट स्वरोजगारसँगै राज्यले ठूलो मात्रामा राजस्व संकलन गर्न सक्ने पनि बताइन्। 

‘भाङ वा गाँजा नेपालको धेरै पुरानो खेती हो। यसको बहुआयामिक उपयोगिता रहेको छ,’ उनले भनिन्, ‘यसको रेसाबाट कपडा, पातबाट औषधि र दानाबाट तेल बनाउन सकिन्छ। यो बहुमूल्यमा विश्व बजारमा पनि जान्छ। तसर्थ यसमा रहेको खराब तत्वलाई नियमन गरी खेती गर्न प्रोत्साहत गर्न म सरकारको ध्यानाकरर्ण गराउँछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad