राजनीति


सरकारले काठमाडौँबाट गरिब भगाउने गलत नीति लिएको छ: एमाले सांसद बिक

सरकारले काठमाडौँबाट गरिब भगाउने गलत नीति लिएको छ: एमाले सांसद बिक

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १२:४, काठमाडौँ

एमालेकी सांसद् विष्णुमाया बिकले सरकारले काठमाडौँबाट गरिब भगाउने नीति लिएको आरोप लगाएकी छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौँबाट गरिब भगाउने सरकारको नीति सतप्रतिशत गलत भएको बताइन्।

‘काठमाडौँबाट गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ। डोजर आतंकले सुम्बासीले पीडित छन्, त्यसप्रति सरकारको ध्यान जाओस्,’ उनले भनिन्। 

राज्य व्यवस्था समितिको तर्फबाट सोमबार काभ्रेको बनेपामा रहेको सुकुम्बासी राखिएको होल्डिङ सेन्टरमा पुग्दा त्यहाँ आफूले सुकुम्बासको कन्तविजोग देखेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्। 

‘बनेपाको होल्डिङ सेन्टरमा नर्सरीदेखि व्याचलरसम्म पढ्ने २७ जना विद्यार्थीको पढाई छुटेको छ, पढाई छुटेका विद्यार्थी, बिरामी, सुत्केरी होल्डिङ सेन्टरमा कैदीजस्तौ अवस्थामा बसेका छन्,’ उनले भनिन्, ‘रोजगारी गुमेको अवस्था छ। बालबालिका कुपोषणको शिकार भएका छन्। बिरामीले औषधि खान पाएका छैनन्। रोजगारी गुमाउँदा युवा मिलन तामाङको मानसिक सन्तुलन गुमेको छ। उनको उपचारको व्यवस्था होस्।’

उनले गरिब हुनु अपराध नभए पनि वर्तमान सरकारले गरिबलाई अपराधिको जस्तो व्यहार गरिरहेको उनको आरोप छ।

‘गरिब हुनु अपराध होइन। सुकुम्बासी हुन कसैलाई पनि रहर छैन। देश समृद्ध हुन पहिला गरिबी अन्त्य हुन जरुरी छ,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad