प्रस्तावित प्रधानन्याधीश मनोजकुमार शर्माको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले थप समय मागेको छ।
आज (मंगलबार) बिहान बसेको सुनुवाइ समितिको बैठकमा नेकपाबाट समिति सदस्य वर्षमान पुनले प्रस्तावित प्रधानन्याधीशका सम्बन्धमा अध्ययन गर्न थप समय चाहिने बताएका हुन्।
उनले भने, ‘संवैधानिक परिषद्मा तीनवटै अंग र विपक्षी पनि छ। यसरी हेर्दा प्रक्रिया पूरा गरेरै जाऔँ। कामलाई ढिलो पनि नगरौँ। अलिकति अध्ययन गर्न समय निकालौँ।’
उनले प्रधानन्यायाधीशले ६ वर्ष गर्ने कामको कार्ययोजना पनि हेर्नुपर्ने भएकाले हतार गर्न नहुने बताए।
‘यसकारण आज मज्जाले अध्ययन गरौँ। भोलि बिहानबाट सुनुवाइ गरौँ’, उनले भने।
42
Shares

प्रतिक्रिया