सभामुख डोलप्रसाद अर्यालले संसद्मा आउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्ने बताएका छन्।
बुधबार दोस्रो पटक सुरु भएको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख अर्यालले संवाद गर्ने बताएका हुन्। ‘आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्न कुरा छ,’ अर्यालले भने, ‘त्यसकारण आज हामीले यसको प्रतिउत्तर, जवाफ हामीले भ्याउँदैनौँ।’
प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठकमा उपस्थित हुन सक्ने वा नसक्ने विषयमा आफूले संवाद गर्ने उनको भनाइ थियो। ‘आज छलफल अघि बढाऔँ। जवाफ दिनेक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू आउन सक्नुहुन्छ कि सक्नुहुन्न, आउन सक्नुहुन्छ कि सक्नुहुन्न उहाँको अवस्था के छ भन्ने विषयमा मैले अहिले निर्णय त दिन सक्दिनँ,’ अर्यालले भने।
विपक्षी दलले भने नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने अडान लिएका छन्।
Shares

प्रतिक्रिया