राजनीति


प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार

प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १४:३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बहिस्कार गरेको छ। 

प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा लगातार नआएपछि कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति बैठक नै बहिष्कार गरेको हो। गृह मन्त्रालयसँग सम्बन्धित सुकुम्वासीलगायत विषयमा गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जबाफ माग गर्नुपर्ने भए पनि उनी बैठकमा अनुपस्थित भएकोमा कांग्रेसले आपत्ति जनाएको छ।

समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, सचेतक निश्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव छन्। सोमबार ११ बजे बोलाएको बैठकमा आफूहरू अनुपस्थित रहेको कांग्रेस संसदीय दल नेता आङदेम्बेले बताए। 

प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको उनको भनाइ छ। ‘जवाफ लिनु छ। गृहमन्त्रीको भूमिकामा प्रधानमन्त्री नै हुनाले प्रधानमन्त्री आएर जवाफ दिनुहुन्छ भने हामी आउँछौँ। प्रधानमन्त्री नआउने हो भने औपचारिक रूपमा भेटिएर छलफल गरेर, परिचय गरेर, चिया खाएर हिँड्ने हिसाबले हाम्रो उपस्थिति रहँदैन भनेको हो,’ उनले भने, ‘आज पनि यही कुरा दोहो¥याएर बैठकमा अनुपस्थित भयौँ।’

आङदेम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने भए बैठकको जानकारी दिन भनिएको पनि बताए। प्रधानमन्त्री शाहलाई समितिमा उपस्थित गराउन सभापति ढकाललाई पटक-पटक आग्रह गरिएको आङदेम्बेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad