राजनीति


संसद् सचिवालयले भन्यो- कर्मचारी युनियन अब अस्वित्वमा छैनन्

संसद् सचिवालयले भन्यो- कर्मचारी युनियन अब अस्वित्वमा छैनन्

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १४:४२, काठमाडौँ

संघीय संसद् सचिवायले कुनै पनि कर्मचारी युनियन नरहेको सूचना जारी गरेको छ। 

शुक्रबार संसद् सचिवालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारले सूचना जारी गरी ट्रेड युनियन खारेज भएको जनाएका हुन्। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ ल्याएसँगै कर्मचारी युनियन खारेज भएको जनाइएको छ। 

संसद् सचिवालयको सूचनामा भनिएको छ, ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश संवत २०८३ सालको अध्यादेश नं. ७ ले संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७३ मा रहेको व्यवस्था संशोधन गरे पश्चात संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को उक्त दफा बमोजिम अस्तित्वमा रहेको संघीय संसद् सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था उक्त ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको बेहोरा सचिवालयको मिति २०८३ वैशाख २४ को निर्णयबमोजिम सबैको जारकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

यसअघिको संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ कर्मचारी युनियनको व्यवस्था रहेको थियो। अहिले सरकारले अध्यादेशमार्फत त्यो व्यवस्था हटाइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad