ad ad

राजनीति


सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित, मन्त्री भन्छन्- याे निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने छ

सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित, मन्त्री भन्छन्- याे निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने छ

नेपालखबर
जेठ ५, २०७७ सोमबार १३:४६,

सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भूमिसुधार मन्त्रीले पेस गरेको सो नक्सासम्बन्धी प्रस्ताव पारित गरिएकाे एक मन्त्रीले नेपालखबरलाई बताए।

‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ। आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहनेछ। धन्यवाद प्रम केपी शर्मा ओली,’ पर्यटन मन्त्री योगेश भटराईले सामाजिक सञ्जालमा लेखेका छन्। 

राष्ट्रपतिद्वारा जेठ २ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको सो नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकमा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गरिने बताएकी थिइन्।

साथै सरकारले लिम्पियाधुरा लगायतको क्षेत्र समेटेर तत्काल नयाँ नक्सा पनि जारी गर्ने भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ। तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। 

याे पनि:
लिम्पियाधुरा, लिपुलेक फिर्ता र नयाँ नक्सा जारी गर्ने नीति तथा कार्यक्रममै घोषणा (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .