अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमण रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच शुक्रबार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्ता अर्थमन्त्रालयमा भएको हो। भेटवार्तामा लगानी, आर्थिक साझेदारी र विकास सहयोगसहितका विषयमा कुराकानी भएको थियो।
बिहीबार साँझ काठमाडौं उत्रिएका उनी शनिबार नयाँ दिल्ली जानेछन्। आजै उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका थिए।
विशेष दूतको रूपमा काठमाडाैं आएका गोर राष्ट्रपति ट्रम्पका विश्वासपात्र कूटनीतिज्ञ मानिन्छन्। गत फागुन २१ को चुनावपछि बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि नेपाल आएका उनी सबैभन्दा उच्च ओहोदाका अमेरिकी कूटनीतिज्ञ हुन्।
48
Shares

प्रतिक्रिया