राजनीति


फेरि हटाइँदै काठमाडौँका नदी किनारका बस्ती

फेरि हटाइँदै काठमाडौँका नदी किनारका बस्ती

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार २०:६, काठमाडौँ

शहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकामा बागमती नदी तथा सहायक नदी किनारमा रहेका बस्तीको फेरि शुक्रबारदेखि हटाउन सुरु गर्ने भएको छ। 

पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती हटाएको थियो। अब दोस्रो चरणमा शुक्रबारदेखि हटाउन सुरु गरिएको मन्त्रालयले जनाएको छ। 

यस विषयमा छलफल गर्न बिहीबार मन्त्रालयमा विभिन्न सरकारी निकायको संयुक्त बैठक बसेको थियो। बैठकमा बस्ती हटाउने आवश्यक तयारी पूरा भएको जनाएको छ। 

नदी किनारका बस्तीका नागरिकलाई विवरण संकलन गर्नका लागि दशरथ रंगशाला पुर्‍याइने जनाएको छ। रंगशालामा तीन वटा सहायता कक्ष सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। 

पहिलो कक्षमा सूचना तथा तथ्यांक संकलन, दोस्रोमा सुकुम्बासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण संकलन र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्यांक संकलन गर्ने तयारी छ। 

त्यस्तै, होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामान जस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायको सहयोग रहने जनाइएको छ। आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन पनि बसको व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ। 

संकलित विवरणका आधारमा सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरिने भएको छ। पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ। 

पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरिने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad