राजनीति


बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छ: राष्ट्रपति पौडेल

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छ: राष्ट्रपति पौडेल

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १२:५८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रुपान्तरण गर्न सकेमात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका छन्। 

बिहीबार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै पौडेलले बुद्धका अहिंसामैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रुपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने बताए। ‘हामीले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यहारमा रुपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिन्छ,’ राष्ट्रपति पौडेलले भने। 

आजको विश्व अनेकन समस्याहरूले प्रताडित भइरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा बुद्धको उपदेश अझ सान्दर्भिक बन्दै गएको पनि बताए।

‘आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, श्वार्थ परायनता, आदर्श स्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धको उपदेशहरू अझ सान्दर्भिक बन्दै गएका छन्,’ उनले भने, ‘शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समूदायलाई स्थायित्व सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्त्वपूर्ण योगदान दिनसक्छ भन्ने हाम्रो विश्वास छ।’

राष्ट्रपति पौडेलले बुद्धका प्रेरणादायी उपदेश र मागदर्शनको परिपालनाबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सवल बनाउन सक्नुपर्ने उनको भनाइ थियो। 

‘शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनाबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सदभाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सवल बनाउन हामीले सक्नुपर्दछ,’ पौडेलले भने, ‘बुद्धले देखाउनु भएको चातुर्य, सत्य, र आर्य अष्टांगित मार्गले विश्वका सबै प्राणीको दुःखबाट मुक्तिको बाटो देखाएको छ।’

राष्ट्रपति पौडेलले शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समूदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्ति गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad