राजनीति


कांग्रेस संसदीय दलका नेता आङदेम्बे र इजरायली राजदूतबीच भेटवार्ता

कांग्रेस संसदीय दलका नेता आङदेम्बे र इजरायली राजदूतबीच भेटवार्ता

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १९:५५, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच भेटवार्ता भएको छ। 

बुधबार भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको जनाएको छ। यससँगै इजरायली राजदूत बासले आङदेम्बेलाई संसदीय दलको नेता चयन भएकोमा बधाई दिएका थिए। 

भेटवर्ताका क्रममा प्रतिनिधि सभाका कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सचेतक निश्कल राई पनि उपस्थित थिए। त्यस्तै, इजरायली दूतावासका अधिकारी पनि उपस्थित रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad