राजनीति


कांग्रेस विवाद समाधानतर्फ: धुम्बाराहीमा आज फेरि खड्का समूहको बैठक

कांग्रेस विवाद समाधानतर्फ: धुम्बाराहीमा आज फेरि खड्का समूहको बैठक

नेपालखबर
बैशाख १५, २०८३ मंगलबार १०:१०, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज मंगलबार बस्दै छ।

बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने खड्काको सचिवालयले जानकारी दिएको छ।

भेलामा खड्का समूहका निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापति र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिको सहभागिता रहने छ।

वैशाख ६ मा पनि त्यही होटलमा खड्का समूहको बैठक बसेको थियो।

सर्वोच्च अदालतबाट पनि वैशाख ४ मा गगन थापा नेतृत्वको कार्यसमितिले वैधता पाएपछि खड्का समूह आन्तरिक रणनीति बनाउन वैशाख ६ मा छलफलमा जुटेको थियो।

उक्त बैठकले सर्वोच्च अदालतको निर्णय मान्ने निष्कर्ष निकालेको थियो।

त्यही दिन कांग्रेसका सभापति गगन थापाले गोल्फुटारस्थित खड्काको निवास पुगेर भेटघाट गरेका थिए।

थापा र खड्काको भेटवार्ताले कांग्रेसमा विवाद समाधानका लागि संवाद सुरु भएको ठानिएको छ।

पार्टीभित्र बृहत् एकताका लागि ठोस प्रस्तावसहित खड्कासँग पुन: संवादमा बस्ने तयारी सभापति थापाले गरेका छन्।

त्यसअघि आफ्नो समूहको भेला राखेर सभापति थापाप्रति दबाब बढाउने रणनीति खड्का समूहले लिएको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad