राजनीति


नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १८:३७, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।

सोमबार बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको नेता प्रकाश ज्वालाले जानकारी दिए। पार्टी निकट जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र सङ्घीय, प्रदेश, पालिका, वडा सङ्गठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ।

‘पार्टीको महाधिवेशनको बारेमा कार्यतालिका प्रस्तुत भएको छ। त्यो प्रतिवेदनले कार्यतालिका पास पनि गरेको छ,’ ज्वालाले भने, ‘कार्यतालिकाअनुसार हामीले वडा, पालिका, जिल्ला र प्रदेश हुँदै पार्टीको राष्ट्रिय महाधिवेशन मंसिरको ११ देखि १५ गतेसम्म गर्ने निर्णय गरेका छौँ।’

महाविधेशनको कार्यतालिकाअनुसार, मंगलबारदेखि नै काम अगाडि बढ्ने उनको भनाइ छ। आगामी कात्तिक १५ गतेभित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ।  

त्यस्तै, नेकपाको बैठकमा प्रदेशका इन्चार्ज, संयोजक र सहसंयोजक र केही विभागका प्रमुख एवं उपप्रमुखबारे पनि प्रस्ताव आएको छ। त्यसमा छलफल भए पनि निर्णय हुन बाँकी रहेको उनले बताए। 

नेकपाले संविधान संशोधन समस्यौदा कार्यदल पनि गठन गरेको छ। कार्यदलमा नेताहरू देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी छन्।

यसैगरी, बैठकले अगामी असार र साउन महिना श्रम शिविर सञ्चालन गर्ने निर्णय गरेकोछ । यससँगै सदस्यता नवीकरण र विस्तार गर्ने गर्ने निर्णय समेत भएको ज्वालाले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad