‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले आज संविधानविद् र कानुनविद्हरूसँग छलफल सुरु गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो ३ बजेदेखि सुरु भएको उक्त छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको थियो।
कार्यदलले सबै राजनीतिक दललाई संविधान संशोधनका विषयमा प्रस्ताव मागेको थियो। केही दलले प्रस्ताव पठाएका छन् भने केहीले पठाउन बाँकी छ।
24
Shares

प्रतिक्रिया