कारोबार


अर्थमन्त्री वाग्लेको श्वेतपत्र : अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

अर्थमन्त्री वाग्लेको श्वेतपत्र : अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १६:२०, काठमाडौँ

सरकारले आज सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ले अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भए पनि आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती रहेको देखाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चैत १३ मा पदबहाली गर्दा गरेको निर्णयअनुसार सरकारले सोमबार अर्थतन्त्रको स्थितिपत्र (श्वेतपत्र) सार्वजनिक गरेको हो।

स्थितिपत्रमा उल्लेख भएको तथ्यांकअनुसार, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति सुदृढ देखिाएको छ भने न्यून आर्थिक वृद्धि, बढ्दो सार्वजनिक ऋण र कमजोर उत्पादनशील क्षेत्रले अर्थतन्त्रमा दबाब सिर्जना गरेको उल्लेख गरेको छ। 

आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहने प्रक्षेपण गरिएको र यो वृद्धि छिमेकी मुलुकहरूको तुलनामा निकै सुस्त रहेको स्थितिपत्रमा उल्लेख छ। अहिले नेपालको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशतमा सीमित छ। 

अर्थतन्त्र कृषिबाट औद्योगीकरणतर्फ लाग्नुको सट्टा सिधै सेवा क्षेत्रतर्फ ढल्किएको स्थितिपत्रमा उल्लेख छ। अर्थतन्त्रमा कृषि र उद्योग क्षेत्रको योगदान घट्दै गएर सेवा क्षेत्रको योगदान विस्तार भएको उल्लेख छ। अहिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सेवा क्षेत्रको योगदान ६२ प्रतिशत पुग्दा औद्योगिक क्षेत्रको १२.८ प्रतिशतमा खुम्चिएको छ।

अर्थतन्त्रका लागि बाह्य क्षेत्र भने उत्साहजनक देखिएको छ। चालू आर्थिक वर्षको पहिलो आठ महिनामा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ। वैदेशिक मुद्राको सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ, जसले साढे १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। 

वैदेशिक व्यापार अझै पनि भारत केन्द्रित छ। नेपालको अन्तर्राष्ट्रिय व्यापारको ५९.५ प्रतिशत व्यापार भारतमा केन्द्रित छ। 

देशको सार्वजनिक ऋण तीव्र रूपमा बढ्दै गएको छ। २०८२ फागुन मसान्तसम्म सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको स्थितिपत्रमा उल्लेख छ, जुन जीडीपीको करिब ४३.८ प्रतिशत हो। नेपाल सरकारले चालू आर्थिक वर्षको लागि ल्याएको बजेटको करिब २१ प्रतिशत हिस्सा ऋणको सावाँ–ब्याज भुक्तानीमा खर्च भइरहेको छ। जसले गर्दा विकास निर्माणका लागि पुँजीगत खर्चमा कटौती गर्नुपर्ने अवस्था आएको छ।

पूर्णपाठ हेर्नुहोस्– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad