राजनीति


पूर्णबहादुर खड्काले भनेः संसदीय दलको नेता चयनमा पार्टीको हस्तक्षेप स्वीकार्य छैन

पूर्णबहादुर खड्काले भनेः संसदीय दलको नेता चयनमा पार्टीको हस्तक्षेप स्वीकार्य छैन

नेपालखबर
बैशाख १३, २०८३ आइतबार २१:१९, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसदीय नेताको चयनमा अस्वाभाविक ढिलाई भएको भन्दै आपत्ति जनाएका छन्। 

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले ‘संसदीय दलको नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाई र अन्योल दलको सार्वभौम अधिकार माथिको ठाडो हस्तक्षेप’ भएको बताएका छन्। 

उनले यसतर्फ सांसदहरूको गम्भीर ध्यानाकार्षणसमेत गराएका छन्।

‘नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्ने कार्य पार्टी केन्द्रीय कार्यसमितिले दलको विधान अनुमोदन गरेपछि संसदीय दलको विधानको व्यवस्था बमोजिम केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा संसदीय दलका सदस्यहरुले सर्वसम्मत वा प्रतिस्पर्धाको माध्यममाबाट सार्वभौम तरिकाले निर्वाचन सम्पन्न गर्ने विषय हो’ उनले लेखेका छन्, ‘यो दशथरिको हुन्डरि मच्चाउने काम र हस्तक्षेप कसैको हितमा छैन।’

नेता खड्काले संसदीय दलले अबिलम्ब दल नेताको चयन सम्पन्न गरेर जनता र दुनियाँको नजरमा पार्टीको छबिमा हुन थालेको थप क्षतिलाई रोक्न आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad