इरानका विदेश मन्त्री अब्बास अराघची ओमान भ्रमणपछि आइतबार साँझ पुनः पाकिस्तान फर्किएका छन्।
इरानको सरकारी सञ्चारमाध्यम इस्ना (आईएसएनए) ले इरानी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार विदेशमन्त्री देशमा शान्ति स्थापनाका लागि पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग हुने वार्तामा सहभागी हुने सन्दर्भमा फेरि पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका हुन्।
अराघचीले पाकिस्तानी अधिकारीहरूसँग बसेर मध्यपूर्वमा ‘युद्ध पूर्ण रूपमा अन्त्य गर्ने कुनै पनि समझदारीको ढाँचामा इरानको अडान र धारणा’ राख्ने कार्यक्रम छ।
अराघची एक दिनअघि मात्र इस्लामाबादबाट बाहिरिएका थिए।
यसअघि शनिबार उनले इस्लामाबादमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनीरसँग भेटवार्ता गरेका थिए। यस क्रममा उनले इरानको अवस्थाबारे जानकारी गराउँदै अमेरिकाका मागप्रति पाकिस्तानसमक्ष आफ्नो आपत्ति प्रकट गरेका थिए।
इरानले अमेरिकासँग सिधै वार्ता नगर्ने र पाकिस्तानमार्फत मात्र आफ्नो विचार राख्ने बताएको छ।
अराघची शनिबार साँझ ओमान प्रस्थान गरेका थिए।
Shares

प्रतिक्रिया