राजनीति


कांग्रेस संसदीय दलको नेताको निर्वाचन स्थगित, सर्वसम्मतिका लागि वार्ता टोली गठन

कांग्रेस संसदीय दलको नेताको निर्वाचन स्थगित, सर्वसम्मतिका लागि वार्ता टोली गठन

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १६:३, काठमाडौँ

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन स्थगित गरिएको छ। 

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचत स्थगित गरेको हो। यससँगै केन्द्रीय सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा दलको नेता चयन गर्न वार्ता टोली गठन गरेको छ। 

कांग्रेसले उपसभापतिÞ विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेको छन्। 

संसदीय दलको नेता चयनका लागि शुक्रबार अपराह्न ३ बजेदेखि उम्मेदवारी दर्ताको सुरु गर्ने कार्यक्रम रहेको थियो। त्यसअघि बिहीबार मतदाताको नामावली प्रकाशन गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad