राजनीति


२५ सहसचिवको सरुवा (सूचीसहित)

२५ सहसचिवको सरुवा (सूचीसहित)

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार २२:६, काठमाडौँ

सरकारले २५ सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २५ सहसचिवको सरुवा गरेको हो। सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा कार्यरत २० सहसचिवलाई प्रदेशमा कामकाजमा खटाएको छ।

बाँकी ५ सहसचिवको भने सरुवा भएको छ। ५ जनामा कतिपय यस अघि कामकाजमा खटाइएकालाई खटिएकै ठाउँमा सरुवा गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री बालेन साहको निजी सचिवको कामकाजमा खटाइएका प्रदीप परियारको बिहीबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको छ।

यस्तै सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेकी पार्वती शर्माको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा सरुवा गरिएको छ भने गृह मन्त्रालय अन्तरगत कार्यरत ६ जना सहसचिवलाई अन्यत्र कामकाजमा खटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad