अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैया, बाराका तत्कालीन इन्जिनियर (आठौँ तह) किशोरप्रसाद यादवविरुद्ध भ्रस्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
यादवले आफ्नो सेवा अवधिमा प्राप्त बैध आयभन्दा १ करोड ४६ लाख ८१ हजार रुपैयाँ कमाएको देखिएपछि भ्रस्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले उनको सेवामा प्रवेश गरेको मिति २०४७ सालदेखि २०८० सम्मको आयव्यय अनुसन्धान गरेको थियो।
यो अवधिमा उनको परिवारको कूल वैध आय ३ करोड ४६ लाख रुपैयाँ देखिएको छ। सोही अवधिमा यादवले जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारी साधन र अध्ययन लगायतमा ४ करोड ९३ लाख रुपैयाँ खर्च गरेका छन्।
अवैध रुपमा आर्जन गरेको सम्पत्ति उनले श्रीमती निर्मला कुमारीको नाममा समेत राखेको देखिएको छ। अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ।
Shares

प्रतिक्रिया