प्रवासमा रहेका नेपालीलाई केन्द्रित गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आठ वटा अभियान सञ्चालन गर्ने भएको छ।
बुधबार रास्वपाको प्रवास नेपाली सम्पर्क विभागका प्रमुख दीपक बोहराले प्रेस विज्ञप्ति जारी गरी अभियान सञ्चालन गर्न लागेको जनाएका छन्।
रास्वपाले ‘समर्थक भएर संसद् भदल्यौँ, सदस्य भएर देश बदल्छौँ’ नारा दिएर अभियान सञ्चालन गर्न लागिएको बोहराले जानकारी दिए।प्रवासमा रहेका नेपालीलाई औपचारिक रूपमा रास्वपासँग जोड्ने उद्देश्यले कम्तिमा १० लाख सदस्य प्रवासबाट निर्माण गर्ने लक्ष्य राखिएको उनले बताए।
रास्वपाले प्रवासमा सदस्यता विस्तार अभियान, प्रोफाइल बैंक स्थापना, केन्द्रीय कार्यालयको भवन निर्माण अभियान, निर्यात सम्भावना सूची, इमर्जेन्सी हेल्पडेस्क, अन्तर्राष्ट्रिय छवि निर्माण, नेपालमा पर्यटक प्रवद्र्धन अिभयान र प्रवासी नेपालीको साझेदारी र अधिकार अभियान सञ्चालन गर्न लागेको हो।


Shares

प्रतिक्रिया