राजनीति


संविधान संशोधनबारे छलफल गर्न शाहले बोलाए कार्यदलको बैठक

संविधान संशोधनबारे छलफल गर्न शाहले बोलाए कार्यदलको बैठक

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १९:६, काठमाडौँ

सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक बिहीबार बोलाइएको छ। 

कार्यदलका संयोजक असिम शाहले बिहीबार अपराह्न ३ बजे बैठक बोलाएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने जनाइएको छ। 

सरकारले शाहको नेतृत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले संविधान संशोधनको बहसपत्र तयार गर्न छलफल सुरु गरिसकेको छ। 

यसअघि चैत २५ गते बसेको पहिलो बैठकमा सामान्य छलफल भएको थियो। बैठकमा नेकपा (एमाले)बाट भीष्म अधिकारी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट देव गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राप्रपाका ज्ञानबहादुर शाही, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र लाभ र जनता समाजवादी पार्टी नेपालका डा. सुरेन्द्रकुमार झा बैठकमा सहभागी भएका थिए। नेपाली कांग्रेसले भने प्रतिनिधि पठाएको छैन। 

उनीहरूले के विषयमा संविधान संशोधन गर्न चाहेको भन्ने खुलाउन आग्रह गरेका थिए। त्यसपछि कार्यदलले सबै राजनीतिक दललाई बहसपत्रबारे जानकारी पठाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad