अपराध


जातीय विभेदमा वडाध्यक्षलाई चार महिना जेल सजाय उच्चबाट पनि सदर

जातीय विभेदमा वडाध्यक्षलाई चार महिना जेल सजाय उच्चबाट पनि सदर

पोखरा-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी।


नेपालखबर
बैशाख ९, २०८३ बुधबार १९:१८, पोखरा

जातीय विभेदमा वडाध्यक्षलाई चार महिना जेल सजाय गर्ने जिल्ला अदालतको फैसलालाई उच्च अदालत, पोखराले पनि सदर गरेको छ। 

पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालतले सुनाएको जेल सजाय उच्च अदालतले पनि सदर गरेको हो। बुधबार उच्च अदालतका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले कास्की जिल्ला अदालतले यसअघि गरेको कैद र जरिवानाको फैसलालाई सदर गरिदिएको छ। 

२०७९ पुस १८ गते वडा कार्यालयमा लक्षित वर्गको बजेट र सीपमूलक तालिमको विषयमा अधिकारील्े सोही वडाकी दलित महिला सदस्य मैया नेपालीलाई जातीय विभेद हुने गरी अपमान र अमानवीय शब्द प्रयोग गरी गाली गलौज गरेका थिए।

नेपालीले आफूमाथिको दुर्व्यवहार र विभेद विरुद्ध जिल्ला अदालत, कास्कीमा मुद्दा दायर गरेकी थिइन्। २०८० मंसिर ७ गते कास्की जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बमोजिम चार महिना १५ दिन कैद र ७५ हजार जरिवाना तोकेको थियो।

त्यो आदेशविरुद्ध वडाध्यक्ष अधिकारी उच्च अदालत गएका थिए। आज उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेपछि अब उनीसँग सर्वोच्च अदालत विकल्प छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad