राजनीति


राजीनामाबारे प्रचण्डको टिप्पणी: ‘राम्रो गर्नुभयो’

राजीनामाबारे प्रचण्डको टिप्पणी:  ‘राम्रो गर्नुभयो’

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १६:१४, काठमाडौँ

सुदन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएकोमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले प्रारम्भिक टिप्पणी गर्दै ‘राम्रो गर्नुभयो’ भनेका छन्। सकरात्मक कदम भएको उनले बताए।

बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘उहाँले राजीनामा दिनुभयो। त्यो राम्रो गर्नुभयो।’

अस्वभाविक सम्पत्ति विवरण र व्यवसायीसँगको सम्बन्धलाई लिएर विवादमा मुछिएपछि गृहमन्त्री गुरुङले बुधबार दिउँसो राजीनामा दिएका थिए। 

उनले पुरानो अवस्था फेरिने कुरा बताए। ‘पुरानो अवस्था अब नयाँ अवस्थामा फेरिन्छ। केही समय हेर्नुहोला, छिट्टै फेरि लहर आउँछ’, उनले भने।

रास्वपा सभापति रवि लामिछानेसँग तपाइँको भेट हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नियमित भेटघाट भइरहने जवाफ दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad