राजनीति


लकडाउन बढाउनेबारे उच्चस्तरीय समितिमा छलफल

लकडाउन बढाउनेबारे उच्चस्तरीय समितिमा छलफल

नेपालखबर
जेठ ४, २०७७ आइतबार १०:३२,

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेकाे छ। रक्षा मन्त्रालयमा भइरहेको बैठकले लकडाउन बढाउन मन्त्रिपरिषदमा सिफारिस गर्ने सम्भावना रहेको समितिका एक सदस्यले जानकारी दिएका छन्।

‘पछिल्लो समयमा संक्रमितहरुको संख्या देखिएको र कोरोनाको कारण मानिसको मृत्यु भएको कारण लकडानको अवधी थाप्न लागिएको हो,’ ति सदस्यले भने, ‘तर कतिदिन थपिने हो निश्चित भएको छैन।’

लकडाउनको विषयमा निर्णय गर्न आजै साँझ पाँच बजे मन्त्रिपरिषदको बैठक बस्दैछ।

चैत ११ गतेदेखि शुरु भएको लकडाउन पाँचौ पटक थप्न लागेको हो। पछिल्लो लकडाउनको अवधि जेठ ५ गतेसम्म कायम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad