राजनीति


राप्रपाबाट अलग भइन् रन्जु प्याकुरेल

राप्रपाबाट अलग भइन् रन्जु प्याकुरेल

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १६:१८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेत्री रन्जु प्याकुरेलले आजदेखि पार्टी संगठनबाट अलग भएको घोषणा गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले लामो समयदेखि आवद्ध रहेको पार्टीसँगको सम्बन्ध अन्त्य गरेको घोषणा गरेकी हुन्। प्याकुरेल राप्रपाको बिर्तामोड नगर अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी नेतृ हुन्। उनले राप्रपाबाट राष्ट्रिय सभाको निर्वाचनमा समेत उम्मेदवारी दिएकी थिइन्।

विद्यार्थी राजनीतिबाट उदाएकी प्याकुरेल प्रारम्भिक चरणमा अनेरासोवियुसँग आवद्ध थिइन्। नेकपा (एमाले) निकट विद्यार्थी संगठनमार्फत राजनीति सुरु गरेकी उनी पछिल्लो समय राप्रपामा सक्रिय रहँदै आएकी थिइन्।

स्थानीय तह निर्वाचनमा बिर्तामोड नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी उनी पराजित भएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad