सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका नवनिर्वाचित सभापतिसँग छलफल गरेका छन्।
सोमबार भएको छलफलका क्रममा सभामुख अर्यालले संसदीय समितिलाई प्रभावकारी रुपमा अघि बढाउन सभापतिलाई निर्देशन दिएका छन्।
दलिय प्रतिनिधित्व गरेर निर्वाचित भए पनि समितिका कामकारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन उनले आग्रह गरे। संघीय संसद् सचिवालय र आफु सधैं सहयोगका लागि तत्पर रहेको उनको भनाइ थियो।
संसदीय समिति सभापतिहरूले पनि आफुहरूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। पुराना असल अभ्यासलाई निरन्तरता दिँदै नविन ढंगबाट संसदीय मूल्य र मान्यतालाई आत्मसाथ गर्दै समितिका गतिविधिलाई अघि बढाउने बताए।
75
Shares

प्रतिक्रिया