प्रधानमन्त्री केपी शर्मा ओलीले कारोनाको महामारीबाट थप मानवीय क्षति रोक्ने सरकारको प्रयासलाई अझै सशक्त बनाउने बताएका छन्।
बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी महलाको मृत्युको कारण कोरोना रहेको शनिबार पुष्टि भएको थियो। आइएतबार सामाजिक सञ्जाल ट्विटरमा मृतक महिलाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ’, ट्विटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्।
यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ।
— K P Sharma Oli (@kpsharmaoli) May 17, 2020उनले सरकारले कोरोनाबाट कसैको ज्यान नजाओस् भनेर गरेका प्रयासका बाबजुद्ध सुत्केरी महिलाको ज्यान गएकोप्रति आफू दुःखी भएको बताएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ’, उनले लेखेका छन्, ‘मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।’

प्रतिक्रिया