कोरोना संक्रमण र लकडाउनमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्र्मीलाई एरोमा अर्गनाइजेसनले स्वास्थ्य सामग्री वितरण गरेको छ।
चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थीहरुको उक्त समूहले काठमाडौंका विभिन्न स्थानमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको हो।
सुरक्षामा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजार सुरक्षाकर्मीलाई मास्क, सेनिटाइजर र पानी वितरण गरिएको अर्गनाइजेसनले जानकारी दिएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै जाँदा पहिलो लाइनमा काम गर्ने सुरक्षित भए मात्र अरुको सुरक्षा हुनसक्ने भन्दै स्वास्थ्य सामग्री वितरण गरिएको उनीहरुको भनाइ छ।
एरोमा नेपालले सीतापाइला, स्वयम्भू, वनस्थली, बालाजु, चाबहिल, नयाँ बानेश्वर, थापाथलीलगायतका क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई ५ सय थान सेनिटाइजर र ५० बट्टा मास्क वितरण गरेको संस्थाका सहअध्यक्ष सानुकाजी श्रेष्ठले जानकारी दिए।
यस संस्थाले हेल्प फर हेल्थ भन्ने नाराका साथ विभिन्न सामाजिक सेवामा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया