नेपाली कांग्रेसले पार्टीभित्रको विवाद समाधान गर्नको लागि पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग संवादको थाल्ने भएको छ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले पूर्वपदाधिकारीसहित सबै शीर्ष नेताहरूसँग संवाद गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले बताए। महाधिवेशनको वातावरण बनाउन असन्तुष्ट पक्षसँग संवाद गर्ने निर्णय उनको भनाइ छ।
यता आज बसेको कांग्रेस अनुशासन समितिले कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने प्रष्टीकरण सोधेको छ। खड्काले कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत रुपमा प्रेस विज्ञप्ति जारी गरेर विधान विपरित काम गरेको समितिले ठहर गरेको छ।
कांग्रेसले अन्य पार्टीसँग संवाद गर्ने जिम्मेवारी भने पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसीलाई दिएको छ। संसद् बाहिर र भित्रका अन्य पार्टीसँग कांग्रेसका तर्फबाट केसीले संवाद गर्ने सहमहामन्त्री डिला संग्रौलाले बताइन्।
Shares

प्रतिक्रिया