परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खनालले बुझाएको सम्पत्ति विवरणमा सो कुरा खुलाएका छन्।
यस्तै, तनहुँको भानु नगरपालिकामा पैतृक सम्पत्तिबाट १५ रोपनी जग्गा पाएको उल्लेख गरेका छन्। यसैगरी पूर्वनवलपुरको देवचुलीमा १३ रोपनी जग्गा खरिद गरेको खनालले उल्लेख गरेका छन्।
उता, नेपालगञ्जमा दुई कठ्ठा जग्गा खरिद गरेको भनेर उनले सम्पत्ति विवरण बुझाएका छन्।
यसैगरी खनालले विभिन्न कम्पनिमा शेयर रहेको पनि खुलाएका छन्।
जसअन्तर्गत पिक एण्ड ड्रपमा ३३ प्रतिशत, रिक्पा इन्टरनेशल प्रालिमा शतप्रतिशत, ताजा एग्रो फार्ममा १६ प्रतिशत, विपिडब्लु माइक्रो फाइनान्समा २५६० कित्ता शेयर रहेको मन्त्री खनालले विवरणमा लेखेका छन्।
यस्तै, ओम मेगाश्रीमा फर्मास्युटिकल्स ५ हजार कित्ता र र १०९ कित्ता तथा ग्लोबल आइएमइ बैंकमा ५० कित्ता शेयर रहेको खुलाएका छन्।
मन्त्री खनालले अच्युता अधिकारीको नाममा विभिन्न बैंकमा रहेको नगद रकम पनि खुलाएका छन्।
उनको नाममा ४० लाख रुपैयाँ पर्ने एउटा गाडी रहेको छ।
Shares

प्रतिक्रिया