राजनीति


अर्थमन्त्री स्वर्णिम वाग्लेको १२ करोडभन्दा बढीको घर जग्गा

अर्थमन्त्री स्वर्णिम वाग्लेको १२ करोडभन्दा बढीको घर जग्गा

नेपालखबर
चैत २९, २०८२ आइतबार १९:५८, काठमाडौँ

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग १२ करोडभन्दा बढीको घर जग्गा रहेको विवरण सार्वजनिक भएको छ। 

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। 

सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार अर्थमन्त्री वाग्लेले ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, भैँसेपाटीमा ५ करोडको जग्गामा बनेको घर, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र बन्दिपुरमा २ करोडको जग्गा रहेको विवरणसहित सम्पत्ति विवरण बुझाएका छन्।

यसैगरी, सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर रहेको उल्लेख गरेका छन्।

अर्थमन्त्री वाग्लेले सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर सेयर रहेको उल्लेख गरेका छन्। अपर मादी खोला हाइड्रोमा ३ करोडको शेयर रहेको विवरण बुझएका छन्। 

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख, ठूलो खोलमा ६० लाखको शेयर रहेको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad