राजनीति


गृहमन्त्री गुरुङसँग ४ करोड ३१ लाखको सेयर, ८९ तोला सुन

गृहमन्त्री गुरुङसँग ४ करोड ३१ लाखको सेयर, ८९ तोला सुन

नेपालखबर
चैत २९, २०८२ आइतबार २०:१८, काठमाडौँ

सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

आइतबार साँझ सार्वजनिक विवरण अनुसार गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रुपैयाँ मूल्यको सेयर रहेको छ। 

सुधन आफ्नै नाममा होप होल्डिङ्स प्रालिको ३० हजार थान सेयर (खरिद मूल्य ३० लाख मूल्य), लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको ५७ हजार थान –खरिद मूल्य ५७ लाख), धितोपत्र बजारमा कारोबार हुने शेयरहरु २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको, एडभेन्चर भिल्ला प्रालिको सेयर ७० हजार थान –खरिद मूल्य ७० लाख) रहेको छ। यी सबै सेयर खरिद व्यवसाय र पैत्रिक सम्पत्तिबाट किनेको गृहमन्त्री गुरुङको दाबी छ। 

यस्तै, ८९ तोला सुन र ६ किलो चाँदी गृहमन्त्री गुरुङसँग रहेको छ। उनीसँग नगद मौज्दात ६१ लाख बढी देखिएको छ। लक्ष्मी बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ र सानीमा बैंकमा १ हजार ५७४ रुपैयाँ मौज्दात छ।  

लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा ४७ लाख ९९ हजार रुपैयाँ बराबरको गाडी गएको असोजमा खरिद गरेको खुलेको छ। 

यस्तै, आफ्नो नाममा धनकुटाको कार्कीछापमा ५ मा १९ रोपनी १५ आना, पिताको नाममा चितवनको भरतपुर १८ मा ३० कट्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad