प्रतिनिधि सभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा ठाकुर उपसभामुख निर्वाचित भएकी हुन्। बैठकमा सांसद आरेन राईले राखेको ठाकुरलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका थिए।
प्रस्तावको पक्षमा २२९ मत परेका थिए। त्यस्तै, विक्षक्षमा पाँच मत परेका थिए भने मत दिन्न भन्ने पक्षमा २२ मत परेका थिए। प्रतितिधि सभाको आजको बैठकमा २५६ सांसद उपस्थित रहेका थिए।
उपसभामुखमा ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका सांसदले मत दिएका थिए।
विपक्षमा राप्रपाका सांसदले मत दिएका थिए भने नेकपा (एमाले)का सांसदले मत दिएनन्।
यसअघि सभामुख अर्यालले राप्रपा सांसद सरस्वती तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए। राप्रपा सांसद ज्ञानबहादुर शाहीले राखेको प्रस्तावमा निर्वाचन हुँदा पक्षमा पाँच मत खसेका थिए। राप्रपाका सांसदले मत दिएका थिए।
प्रस्तावको विक्षमा २१५ मत परेका थिए भने मत दिन्न भन्ने पक्षमा ३७ मत परेका थिए। रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले विपक्षमा मतदान गरेका थिए भने एमालेले मत दिन्न भन्ने पक्षमा मत दिएको थियो।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा २५७ सांसद उपस्थित रहेका थिए। एमालेका सांसदले दुवै उम्मेदवारलाई मत दिइएनन्।
उपसभामुखमा निर्वाचित भएकी ठाकुर श्रम संस्कृति पार्टीकी सांसद हुन्। उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी थिइन्।
Shares

प्रतिक्रिया