राजनीति


ओमप्रकाशलाई राष्ट्रिय सभामा मनोनयन गर्ने सिफारिस राष्ट्रपति कार्यालयमा ‘होल्ड’

ओमप्रकाशलाई राष्ट्रिय सभामा मनोनयन गर्ने सिफारिस राष्ट्रपति कार्यालयमा ‘होल्ड’

नेपालखबर
चैत २६, २०८२ बिहिबार १६:२८, काठमाडौँ

राष्ट्रिय सभाको रिक्त सदस्य पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्न पूर्ववर्ती सरकारले गरेको सिफारिस राष्ट्रपति कार्यालयले निर्णय नगरी 'होल्ड' मा राखेको छ।

सुशीला कार्की नेतृत्वको सरकारले गत चैत १ गते अर्याललाई मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

उक्त सिफारिसविरुद्ध अधिवक्ता मनिषकुमार श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेपछि यो प्रक्रिया कानुनी विवादमा तानिएको थियो। सो रिट बिहीबार सर्वोच्चले खारेज गरिदिएको छ। 

अब राष्ट्रपति रामचन्द्र पाैडेलले ओमप्रकाशलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्छन् कि सिफारिश खारेज? राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सिफारिस कार्यालयमै रहेको तर प्रक्रियागत निर्णय हुन बाँकी रहेको बताए।

'सरकारको सिफारिस कार्यालयमा प्राप्त छ, तर नियुक्तिको आफ्नै विधि र प्रक्रिया हुन्छ,' शाक्यले नेपालखबरसँ भने, 'अहिले सिफारिस होल्डमै छ, एक–दुई दिनमा यसबारे थप स्पष्ट होला।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad