गृहमन्त्री सुधन गुरुङले नेपालका लागि स्विटजरल्यान्डकी राजदूत डा. ड्यानियल म्युलीसँग भेट गरेका छन्।
बुधबार भएको भेटमा गृहमन्त्री गुरुङले स्वीस बैंकमा नेपालीको पैसा भए वा नभएको विषयमा अनुसन्धानका लागि सहयोग गर्न राजदूत म्युलीलाई आग्रह गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
नेपालीले अवैध रुपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राख्ने गरेको चर्चा हुने गरेको छ। त्यसलाई लिएर गृहमन्त्री गुरुङले राजदूत म्युलीसँग आग्रह गरेको उनको सचिवालयको भनाइ छ।
गृहमन्त्री गुरुङको सचिवालयले भनेको छ, ‘गृहमन्त्री सुधन गुरुङले अवैधरूपमा आर्जन गरेको पैसा नेपालीहरूले स्वीस बैंकमा राखे÷नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतावासलाई आग्रह गरेका गर्नुभएको छ।’
105
Shares

प्रतिक्रिया