राजनीति


नीति तथा कार्यक्रमको कार्यान्वयन चुनौतिपूर्ण छः प्रचण्ड

नीति तथा कार्यक्रमको कार्यान्वयन चुनौतिपूर्ण छः प्रचण्ड

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १४:२९,

सत्तारुढ दलकै नेताहरुले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन्।

संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा आफ्नो समर्थन रहेको तर कार्यान्वयनमा चुनौति रहेको बताए। उनले भने, ‘चुनौति चाहिंँ कार्यान्वयनकै छ। मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने यसले राम्रै गति लिन्छ।’

त्यसैगरी नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पार्ने प्रभावको मुल्यांकन भएपछि मात्रै नीति कार्यक्रमले कस्तो गति लिन्छ भन्ने अनुमान गर्न सकिने बताए। उनले अहिलेको अवस्थामा नीति कार्यक्रम राम्रो आएको तर कार्यान्वयनमा चुनौति रहेको बताए।

उनले भने, ‘अहिलेको कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव, त्यसबाट नेपालमा पर्ने प्रभाव अझै कस्तो हुन्छ भन्न सकिँदैन। त्यो प्रभावको समग्र मुल्यांकनपछि यो नीति तथा कार्यक्रमले कस्तो गति लिन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ। अहिलेलाई नीति कार्यक्रम हामीले सुन्यौं त्यो राम्रो छ। सबै क्षेत्रलाई समेटेको छ फेरिपनि कार्यान्वयनका चुनौतिहरु हाम्रा अगाडि छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad