समाज


नेपालका १४ जिल्लासँग सीमा जोडिएको बिहारमा हजार नाघे कोरोना संक्रमित

नेपालका १४ जिल्लासँग सीमा जोडिएको बिहारमा हजार नाघे कोरोना संक्रमित

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १४:४४,

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा कोरोना संक्रमितहरुको संख्या एक हजार नाघेको छ।

शुक्रबार ६ जना नयाँ संक्रमित भेटिएसँगै नेपालको १४ वटा जिल्लासँग सीमा जोडिएको बिहारमा संक्रमितको संख्या १ हजार ५ पुगेको हो ।

भारतीय सञ्चार माध्यमहरुले खगारिया जिल्लामा ५ र सिवन जिल्लामा १ जना संक्रमित भेटिएको जनाएका छन्। उनीहरु सबै वयस्क हुन्।

चैत ९ मा बिहारमा पहिलो संक्रमित भेटिएका थिए। सो संख्या वैशाख ७ गते एक सय पुगेको थियो।

अन्य राज्यहरुमा काम गर्ने आप्रवासी कामदार फर्केसँग त्यहाँ संक्रमितको संख्या ह्वात्तै बढेको हिन्दुस्तान टाइम्सले बताएको छ।

आप्रवासी कामदारहरु विशेष रेल वा भाडाका गाडीमा आफ्नो थातथलो फर्किरहेका छन्।

बिहारको स्वास्थ्य विभागले वैशाख २२ देखि जेठ २ गते बिहानसम्म ३ सय ५८ जना आप्रवासी कामदार कोरोनाबाट संक्रमित भएको भेटिएको जनाएको छ। बिहारमा भारतको विभिन्न स्थानबाट २ लाख ४६ हजार कामदार फर्केका थिए।

हालसम्म संक्रमितमध्ये ३० जना प्रहरी र २१ सैनिक समेत छन्। तर, राम्रो पक्ष भनेको बिहारमा निको हुनेको संख्या बढी र मृत्युदर पनि कम रहेका छ। शुक्रबार बिहानसम्म ४ सय १२ निको भइसकेका छन्।

हालसम्म बिहारमा ७ जनाको मृत्यु भएको छ भने ४३ हजार ३ सय ७१ को परीक्षण भएको छ।

मुख्यमन्त्री नितिश कुमारले दैनिक परीक्षण १८ सयबाट १० हजार पुर्‍याउने घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad