पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ भइरहेको छ।
सर्वोच्च आदलतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। आइतबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेर आज सुनुवाइ थालिएको हो।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा चैत १४ गते बिहान पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरिएको थियो। उनीहरूलाई गैरकानुनी हिरासतमा राखेको भन्दै ओली पन्ती राधिका शाक्य र लेखक पन्ती यशोदा लेखकले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरको थिए।
त्यसमा सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश दिएको थियो। सरकारले जवाफ बुझाएपछि आइतबारदेखि सुनुवाइ थालिएको हो।
Shares

प्रतिक्रिया