राजनीति


कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनको तयारी

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनको तयारी

नेपालखबर
चैत २३, २०८२ सोमबार १०:९, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। सिंहदरवारस्थिति दलको कार्यालयमा बैठक बस्न लागेको कांग्रेस सांसद भरत खड्काले बताए। उनका अनुसार बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने छ। 

कांग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ। गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, निस्कल राई लगायतको दाबेदारी देखिन्छ।

सभामुख चयन नगरुन्जेल  प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले संसद बैठकको अध्यक्षता गरेकाले कांग्रेस दलको नेता चयनमा बिलम्ब भएको थियो। आइतबार  सभामुखमा निर्वाचित डोलप्रसाद अर्यालले अब प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन्। संसदमा प्रतिनिधित्व भएका  रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसकेका छन् भने एमालेले रामबहादुर थापा बादललाई दलको नेता चुनिसकेको छ। नेकपाले पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपामा ज्ञानेन्द्र शाही दलको नेता चयन भएका छन्। 

प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन। प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत रहने व्यवस्थाका कारण कांग्रेसमा दलको नेता चयन पेचिलो देखिन्छ। 

यद्यपि कांग्रेसमा पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद आङदेम्बेलाई सर्वसम्मत दलको नेता चयन गर्ने तयारी छ। कांग्रेसले दलको नेता चयनका लागि पार्टीका सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ। चैत २४ गते संसदीय दल नेता चयन गर्ने निर्वाचन समितिको तयारी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad