ग्लोबल


इरानले खसालेको अमेरिकी लडाकु विमानका सैनिकको उद्धारपछि ट्रम्पलाई नेतन्याहुको फोन

इरानले खसालेको अमेरिकी लडाकु विमानका सैनिकको उद्धारपछि ट्रम्पलाई नेतन्याहुको फोन

नेपालखबर
चैत २३, २०८२ सोमबार १०:१८, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुरा गरेका छन्।

नेतन्याहुले आफूले ट्रम्पसँग फोन संवाद गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्। 

उनले लेखेका छन्, ‘मैले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेँ। मैले उनको साहसी निर्णय र दुस्मनको क्षेत्रमा खसेका सैन्य अधिकारी उद्धार गर्न सफल अमेरिकी अभियानका लागि व्यक्तिगत रूपमा बधाई दिएँ।’

राष्ट्रपति ट्रम्पले इजरायललाई गरेको सहयोगका लागि आभार प्रकट गरिएको उल्लेख गर्दै उनले अमेरिकासँगको सहकार्यप्रति गर्व रहेको बताएका छन्। 

उनले अगाडि भनेका छन्, ‘मलाई यसमा पनि गर्व छ कि इजरायलले एक बहादुर अमेरिकी सैनिकको उद्धारमा योगदान गर्न सक्यो।’

गत शुक्रबार इरानले अमेरिकी लडाकु विमान एफ-१५ खसाल्दा यसका दुई चालकमध्ये एकजना बेपत्ता भएका थिए।

जसलाई फेला पारी उद्धार गरिएको अमेरिकाले आइतबार बताएको थियो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्रुथ सोसलमा लेखेका छन्, ‘उनलाई चोट लागेको छ, तर उनी ठिक हुनेछन्।’

ट्रम्पका अनुसार उनी कर्णेल हुन्। 

इरानी सञ्चारमाध्यमले शनिबार जनाएअनुसार अमेरिकाका लडाकु विमान एफ-१५ई र ए-१० इरानको हमलामा परेका हुन्।

एफ-१५ई विमान दक्षिणपश्चिम इरानमाथि उडिरहेका बेला खसालिएको थियो भने यसका एक चालक खोज्न निस्केको अमेरिकी ए-१० विमान पनि कुवेत क्षेत्रमा इरानको आक्रमणमा परी दुर्घटना भएको भएको थियो। 

यद्यपि चालक भने विमान दुर्घटना हुनुभन्दा पहिले नै हाम फालेर बाँच्न सफल भएको बताइएको छ।

समाचार एजेन्सी एपीका अनुसार २३ वर्षपछि पहिलोपटक अमेरिकी लडाकु विमान शत्रुको गोलीले खसालिएको हो। 

यसअघि सन् २००३ मा इराक युद्धको समयमा अमेरिकी सैन्य विमान खसालिएका थिए। 

फेब्रुअरी २८ देखि इरानसँग जारी युद्धमा अहिलेसम्म अमेरिकाका ७ विमान नष्ट भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad