राजनीति


सातामा दुई दिन बिदा दिने निर्णय आजै राजपत्रमा प्रकाशित

सातामा दुई दिन बिदा दिने निर्णय आजै राजपत्रमा प्रकाशित

नेपालखबर
चैत २२, २०८२ आइतबार २१:०, काठमाडौँ

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई तत्कालै राजपत्रमा प्रकाशित गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको खपत घटाउने र व्ययभार कम गर्ने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारले दिउँसो गरेको निर्णय आइतबार साँझ नै राजपत्रमा गरिएको हो।

मन्त्रिपरिषद्को निर्णय लगत्तै राजपत्रमा सूचना प्रकाशित भएकाले यो व्यवस्था भोलि सोमबारदेखि नै देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरूमा लागू हुनेछ।

हप्तामा दुई दिन बिदा दिँदा सेवा प्रवाह र कार्यसम्पादनमा असर पर्न नदिन सरकारले कार्यालय समय परिमार्जन गरेको छ। यसअघि बिहान १० बजे खुल्ने गरेका सरकारी कार्यालयहरू अब १ घण्टा अगाडि अर्थात् बिहान ९ बजे नै खुल्नेछन्।

नयाँ व्यवस्था अनुसार शनिबार र आइतबारको बिदा सरकारी कार्यालय र शैक्षिक संस्था दुवैमा लागू हुनेछ। तर, शैक्षिक संस्थाहरूको हकमा भने बिहान ९ देखि ५ को कार्यालय समय अनिवार्य नगरिएको राजपत्रमा उल्लेख छ।

यो पनि: सरकारी कार्यालय अब बिहान ९ देखि अपराह्न ५ बजेसम्म खुला रहने

अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad