राजनीति


नयाँ पुस्ताले केही भएन भन्छन्, देशमा ठूलो परिवर्तन भएको छ: पूर्वराष्ट्रपति यादव

नयाँ पुस्ताले केही भएन भन्छन्, देशमा ठूलो परिवर्तन भएको छ: पूर्वराष्ट्रपति यादव

नेपालखबर
चैत १९, २०८२ बिहिबार १८:२२, काठमाडौँ

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य परिवर्तन भएको बताएका छन्।

एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले सात सालदेखि हालसम्मको राजनीतिक उतारचढाव र उपलब्धिहरूको सिंहावलोकन गर्दै नयाँ पुस्ताले सोचेजस्तो ‘केही नभएको’ भन्ने तर्कमा सहमत हुन नसकिने धारणा राखेका हुन्।

उनले आफू कहिले विद्यार्थी, कहिले डाक्टर, किसान र कहिले पार्टीको महामन्त्री हुँदै देशको राष्ट्रपतिसम्म पुग्दा समाजले धेरै फड्को मारिसकेको बताए।

महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको बताए। यद्यपि, शहरको तुलनामा ग्रामीण महिलाहरूको अवस्था अझै सुधार हुनुपर्नेमा उनले जोड दिए। 

पूर्वराष्ट्रपति यादवले भने, ‘म सात–आठ वर्षको हुँदा जनकपुरमा गोली चलेको अलिअलि याद छ। त्यहाँदेखि अहिलेसम्मको इतिहास हेर्दा जनताको अधिकारका लागि धेरै लडाइँहरू भए। ७ साल, ४६ साल र पछिल्ला परिवर्तनहरूको म प्रत्यक्षदर्शी हुँ। तराईमा हाम्रा छोरीबेटीलाई हवेली बाहिर निस्कन दिइँदैनथ्यो, इनार र पोखरीमा पानी लिन जान पनि बन्देज थियो। अहिले हाम्रा छोरीबेटीहरू बेलायत, अमेरिका र अष्ट्रेलियासम्म पुगिसकेका छन्। यो धेरै ठूलो उपलब्धि हो।’

उनले राष्ट्रका लागि योगदान पु¥याउने अग्रजहरूको सम्मान गर्नुपर्ने र उनीहरूको योगदानलाई लिपिवद्ध गर्नुपर्ने सुझाव दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad