राजनीति


कार्यव्यवस्था परामर्श समितिमा राष्ट्रिय सभा बैठकको तयारीबारे छलफल

कार्यव्यवस्था परामर्श समितिमा राष्ट्रिय सभा बैठकको तयारीबारे छलफल

नेपालखबर
चैत १८, २०८२ बुधबार १४:४४, काठमाडौँ

राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भोलिदेखि सुरु हुने राष्ट्रिय सभाको बैठकबारे छलफल भएको छ। 

बुधबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकले बिहीबारदेखि सुरु हुने २०औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यलाई समितिमा विभाजन लगायतका विषयमा छलफल गरेको छ। 

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको २०औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाका लागि आग्रह गरेका थिए।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू, संघीय संसद्का महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad