ad ad

समाज


१०० किलाे लागु औषध चरेससहित २ जना पक्राउ

१०० किलाे लागु औषध चरेससहित २ जना पक्राउ

नेपालखबर
जेठ १, २०७७ बिहिबार १६:१९,

प्रहरीले धादिङ जिल्लाको दक्षिणी भेगबाट ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ तथा ईलाका प्रहरी कार्यालय गजुरीबाट गएको प्रहरी टोलीले गजुरी गाउँपालिका–६ स्थित दरियालखोला पुल नजिक आदमघाट किरानचोक जाने कच्ची सडकमा मोटरसाइकल चेकिङका क्रममा सो परिमाणको लागु औषध फेला पारेको हो।

बा ९७ प ४९९ र प्रदेश ३-०२-००१ प ७४५८ नं को मोटर साइकलमा लुकाइछिपाई चरेस ल्याएको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–८ बस्ने वर्ष ३७ को टेक बहादुर तामाङ र महादेवखर्क बस्ने वर्ष २६ को बिशाल तामाङलाई पक्राउ गरेको छ। उनीहरुले ४ वटा बोरामा २५ केजीका दरले प्याक गरि ल्याएको अवैध लागु औषध चरेस सहित दुवैजनालाई पक्राउ गरिएको हो।

उनीहरुविरुद्ध अदालतबाट लागु औषध सम्बन्धी कसूर (चरेस) मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .