राजनीति


कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाहीको दाबी पेश

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाहीको दाबी पेश

नेपालखबर
साउन १२, २०८३ मंगलबार १७:५२, काठमाडौँ

कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेश गरेका छन्। 

मंगलबार नेता शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष दाबी पेश गरेका हुन्। शाहीले नेकपा (एमाले)को समर्थनमा दाबी पेश गरेका छन्। 

एमाले र नेकपाबीच भएको सहमतिमा कर्णाली सरकारको नेतृत्व नेकपाले गर्ने उल्लेख छ। त्यही सहमतिअनुसार, नेकपा संसदीय दलका नेताले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। 

कर्णालीको ४० सदस्यीय प्रदेशमा नेकपाका १३ र एमालेका १० सांसद छन्। सरकार बनाउनका लागि २१ सांसद भए पुग्छ। 

त्यस्तै, प्रदेश सभामा नेपाली कांग्रेसका १५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक जना र एक जना स्वतन्त्र सांसद छन्। 

यसअघि कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए। कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad